सिटिजन्स बैंक इन्टरनेशनलको आज असोज २८ गते २० औँ वार्षिक वार्षिक साधारण सभा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे २० ओैं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँको ३.८० प्रतिशतका दरले ५८ करोड ९२ लाख ८३ हजार रुपैयाँ बोनस सेयर तथा कर प्रयोजनका लागि ०.२० प्रतिशतका दरले ३ करोड १० लाख १४ हजार रुपैयाँ नगद लाभांश गरी कुल ४ प्रतिशत अर्थात् ६२ करोड २ लाख ९८ हजार रुपैयाँ लाभांश प्रस्ताव पारित गर्ने भएकाे छ ।
साधारण सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनीको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्ने जनाइएकाे छ ।
साथै साधारण सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
यस्तै बोनस सेयर वितरणपछि कायम हुने बैंकको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभाले पारित गर्ने बताइएकाे छ ।
बैंकको प्रबन्धपत्रमा आवश्यक संशोधनका लागि नियामकबाट प्राप्त हुने निर्देशन बमोजिम कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभामा पेश हुने भएकाे छ । साधारण सभा असोज २८ गते ११ बजे अमृतभागाेग कालिकास्थानमा बोलाएको छ ।




















