citizens life insurance long ad

बाढी प्रभावित व्यवसायीका लागि साँवा–ब्याज तिर्ने समय थपियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाढीमा क्षति बेहोरेका व्यवसायीका लागि साँवा–ब्याज भुक्तानीको समय तीन महिना थप गरेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै गएको बाढीबाट प्रभावित व्यवसायीलाई सहजीकरणका लागि राष्ट्र बैंकले समय थप गरेको हो।

राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुलाई सर्कुलर जारी गरी साँवा–ब्याज भुक्तानी गर्ने समय असोज मसान्तबाट पुस मसान्तसम्म थप गर्न निर्देशन दिएको छ। यो सुविधा हालै गोरखाको बूढीगण्डकीमा आएको बाढीबाट प्रभावित व्यवसायीहरूका लागि समेत लागु हुनेछ।

‘भोटेकोशी तथा बूढीगण्डकीको बाढीग्रस्त क्षेत्रमा प्रत्यक्ष असर परेका उद्यम, परियोजना वा व्यवसाय, रसुवा भन्सार नाकाबाट हुने कच्चा पदार्थ, अर्ध–तयारी तथा तयारी मालवस्तुको आयात वा निर्यातमा आधारित व्यवसाय एवं बाढीग्रस्त क्षेत्रमा प्रभावित ऋणीको हकमा बिक्री तथा आम्दानी, नगद प्रवाह, जगेडामा रहेको रकम लगायत ऋणीको वित्तीय अवस्था, आयात एवं निर्यातमा परेको असर र कर्जा सदुपयोगिताको यथार्थपरक विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीको २०८३ असोज मसान्तमा किस्ता (साँवा–ब्याज) भुक्तानी गर्ने समयावधि इजाजतपत्र प्राप्त संस्थाले २०८३ पुस मसान्तसम्म थप गर्न सक्नेछन्,’ राष्ट्र बैंकले सर्कुलरमा भनेको छ।

IME Life
kumari