sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

कामना सेवा विकास बैंकको वार्षिक साधारण सभा आज

लाभांश प्रस्ताव पारित हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कामना सेवा विकास बैंकको  वार्षिक साधारण सभा आज बुधबार असोज ३० गते बस्दैछ । साधारण सभाले ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, सभामा तोकिएको व्यवस्था तथा शर्तहरु सहित १०० रुपैयाँको दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार सेयर जारी गरी प्राथमिक पुँजी वृद्धि गर्ने प्रस्ताव पनि छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।  चालु आर्थिक वर्षका  लागि लेखापरीक्षकको नियुक्ती गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले असोज १५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असोज १४ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

साधारण सभा लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

prabhu bank
nawakantipur long