ग्लोबल आइएमई बैंकको चार महिनादेखि ब्याजदर स्थिर
काठमाडौं । चार महिनादेखि ग्लोबल आइएमई बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले कात्तिकमा सार्वजनिक गरेको ब्याजदर चार महिनादेखि स्थिर राखेको हो । बैंकले मुद्दती निक्षेपको ब्याजदर साउनदेखि स्थिर राख्दै आएको हो ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत, संस्थागततर्फ ५.२५ प्रतिशत र रेमिट्यान्स खातामा ७.२५ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि पनि बैंकले सोही ब्याजदर प्रदान गरेको थियो ।
बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल रेमिट बचत खातामा भने ४.५ प्रतिशत ब्याज प्रदान गर्नेछ ।