sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । नबिल बैंकले दुई शाखा स्थानान्तरण गर्दै छ । बैंकले चितवन र जनकपुरका शाखा स्थानान्तरण गर्न लागेको हो ।

हाल चितवनको भरतपुर महानगरपालिका ३ कमलनगरमा रहेको नारायणगढ कमलनगर शाखा सोही महानगरको वडा नं.१ मा नारायणगढ मिलनरोड शाखाको नामबाट सर्नेछ ।

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १ भानुचोकमा जनकपुर शाखाबाट सञ्चालित शाखा पनि सर्दै छ । सो शाखा सोही उपमहानगरको वडा नं. ८ पिडारीचोकमा जनकपुर पिडारीचोक शाखाका नामबाट स्थानान्तरण हुन लागेको हो ।

यी दुवै शाखा कात्तिक ४ गतेदेखि स्थानान्तरण हुने बैंकले जनाएको छ । साविकका शाखाको लकरमा टुटफुट हुने सामान भएमा कात्तिक १ गते बिहीबारसम्म निकाल्न बैंकले आग्रह गरेको छ ।

gold
kumari bank
nawakantipur long