stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं, २२ माघ । राष्ट्रिय वाणिज्य बैंकले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटीएम सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार उदघाटन गरेका थिए ।
उक्त एटीएम सेवाको उदघाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिले सांस्कृतिक तथा पुरातात्विक महत्वको विश्व सम्पदा सूचिमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रमा सरकारी बैंकको सेवाले यस क्षेत्रको महत्व बढेको बताए । अन्य सम्भावित क्षेत्रमा पनि बैंकले बैंकिङ्ग सेवा दिनुपर्ने नगर प्रमुख प्रजापतिले आवश्यकता रहेको बताए । उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले सम्भावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताए । उक्त एटीएमबाट २४ सै घण्टा सेवा उपलब्ध श्रेष्ठले जानकारी गराए ।
राष्ट्रिय वाणिज्य बैंकको हाल २ सय ३८ वटा शाखा कार्यालय, २ सय ५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari