citizens life insurance long ad
stcnepal long ad

दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ८१ कराेड ४० लाख मुनाफा कमाए

नबिल बैंकले सबैभन्दा बढी १ अर्ब ८० कराेड २६ लाख मुनाफा आर्जन गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ दुई महिनामा नेपालका २० वटा वाणिज्य बैंकहरूले कुल १७ अर्ब ८१ कराेड ४० लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस पटकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशतले बढी छ।

गत आर्थिक वर्ष २०८२/८३ को यही अवधिमा वाणिज्य बैंकहरूले १६ अर्ब ५९ करोड रुपैयाँ मुनाफा आर्जन गरेका थिए। धेरै नाफा कमाउने प्रमुख बैंकहरूमा नबिल बैंक लि. १ अर्ब ८० करोड रुपैयाँ,ग्लोबल आइएमई बैंक लि. १ अर्ब ६९ करोड रुपैयाँ,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.,१ अर्ब २७ करोड रुपैयाँ,प्राइम कमर्सियल बैंक लि.१ अर्ब १४ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लि. अर्ब ११ करोड रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३२ प्रतिशत अर्थात् एक अर्ब २१ करोड ५३ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा कमाएका थिए ।

खुद मुनाफाको आकारका आधारमा नबिल बैंक लि.पहिलो स्थानमा परेको छ । नबिल बैंकले भदौ मसान्तसम्म एक अर्ब ८० करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नबिल बैंकको यस्तो नाफा एक अर्ब ३२ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमई बैंकले पनि पनि चालू आर्थिक वर्षको पछिल्लो दुई महिनाको अवधिमा एक अर्ब ६९ करोड ४५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३.७ प्रतिशतले बढी हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले यस अवधिमा एक अर्ब २७ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गएको छ ।

राष्ट्र बैंकका अनुसार खुद मुनाफामा भएको वृद्धिदरको आधारमा हिमालयन बैंक लि. सबैभन्दा अगाडि देखिएको छ । यस बैंकले साउन भदौ दुई महिनामा ५७ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ५५.१३ प्रतिशत बढी हो ।

सानिमा बैंक लि.ले पनि खुद मुनाफामा ४२.१५ प्रतिशतको वृद्धि हासिल गर्दै एक अर्ब दुई करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लि.को मुनाफा पनि पछिल्लो अवधिमा २५.३१ प्रतिशतले बढेर एक अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

नेपाल एसबीआई बैंक लि.ले पनि १७.३२ प्रतिशत नाफा वृद्धि गर्दै ४१ करोड ५९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गएको छ । अन्य बैंकमध्ये प्राइम कमर्सियल बैंक लि.ले एक अर्ब १४ करोड आठ लाख, एनएमबी बैंक लि.ले एक अर्ब तीन करोड २३ लाख, एभरेष्ट बैंक लि.ले ९८ करोड ४७ लाख र प्रभु बैंक लि.ले ७४ करोड ४५ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।

माछापुच्छ्रे बैंक लि.को नाफा ५२ करोड १३ लाख र एनआईसी एसिया बैंक लि.को नाफा ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार समग्रमा साउन र भदौ दुई महिनामा वाणिज्य बैंकहरूको खुद मुनाफा बढेपनि सातवटा बैंकहरूको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा घटेको छ ।

जसमध्ये सिटिजन्स बैंक लि.को खुद मुनाफा १४.९९ प्रतिशतले घटेर ४७ करोड ४९ लाख रुपैयाँमा सीमित भएको छ । यसैगरी नेपाल बैंक लि.को नाफा १२. ४५ प्रतिशतले घटेर ७३ करोड ७९ लाख रुपैयाँमा झरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लि.को खुद मुनाफा पनि १० प्रतिशतले घटेर ४७ करोड ९० लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै लक्ष्मी सनराइज बैंक लि.को नाफा ८.३६ प्रतिशतले घटेर ८९ करोड २६ लाख रुपैयाँमा सीमित भएको छ ।

यसैगरी कृषि विकास बैंक लि.को नाफा ६.३३ प्रतिशतले घटेर ५५ करोड ३५ लाख रुपैयाँ र कुमारी बैंक लि.को नाफा ४.०१ प्रतिशतले घटेर एक अर्ब एक करोड ४४ लाख रुपैयाँमा झरेको छ । सिद्धार्थ बैंक लि.को नाफा पनि ०.९९ प्रतिशतले घटेर ८४ करोड पाँच लाख रुपैयाँ रुपैयाँमा खुम्चिएको राष्ट्र बैंकले जनाएको छ ।

IME Life
kumari