citizens life insurance long ad
stcnepal long ad

सिद्धार्थ बैंकले ल्यायो सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सुविधा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको तत्काल वित्तीय आवश्यकता सहज र सरल रूपमा सम्बोधन गर्ने उद्देश्यले सेयर धितो कर्जाका लागि अनलाइन आवेदन सेवा सञ्चालनमा ल्याएको छ।

यस सेवा अन्तर्गत ग्राहकले आफ्नो सेयर धितो राखी बैंकबाट आवश्यक कर्जा लिन सक्नेछन्। बैंकका अनुसार ग्राहकले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप बैंकस्मार्ट एक्सपी मार्फत सेयर धितो कर्जाका लागि सहज रूपमा अनलाइन आवेदन दिन सक्नेछन्।

एपमा सुलभ ऋण (ऋण सेवाहरू) सेयर धितोमा ऋण विकल्पमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। ग्राहकले धितो राख्ने सेयरको कुल मूल्याङ्कनका आधारमा अधिकतम ७० प्रतिशतसम्म सेयर धितो कर्जा लिन सक्ने बैंकले जनाएको छ।

बैंकले यस सुविधाबाट ग्राहकले आफ्नो व्यक्तिगत तथा व्यावसायिक वित्तीय आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास लिएको छ।

छिटो, सुरक्षित र भरपर्दो वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सेयर धितो कर्जा सेवा सिद्धार्थ बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।

यस सेवाबारे थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’मार्फत सम्पर्क गर्न सकिनेछ।

IME Life
kumari