stcnepal long ad
global ime bank long

पत्रकार शर्माको निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं। २२ माघ

पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माको उपचारका क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो। २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको उहाँलाई इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो।

गंगालालमा ५ दिन उपचार गरी उहाँलाई हिजो राती ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो। मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै उहाँको आज बिहान निधन भएको दाजु लक्ष्मीनाथ शर्माले पुष्टि गर्नुभएको छ।

२००४ सालमा इलाममा जन्मनु भएका शर्माले लामो समयसम्म नेपाल टेलिभिजनमा समाचारवाचन गर्नुभएको थियो भने विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर ख्याति कमाउनु भएको थियो।

उहाँको शवलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लैजाने तयारी भईरहेको छ।

IME Lifesidebar
kumari