stcnepal long ad
ime life insurance
national life
global ime bank long

इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन लाग्नूहोस्ः सभापति देउवा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।

एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहको ‘बृहद् इञ्जिनियर भेला’लाई सम्बोधन गर्नुहुँदै उहाँले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको हो ।

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुहुँदै सभापति देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुनेगरी तयारी गर्नसमेत निर्देशन दिनुभयो ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इञ्जिनियरहरूलाई आग्रह गर्नुभयो ।

उहाँले मुलुकमा विकास निर्माणको कामले प्राथमिकता पाएकाले त्यसको प्रभावकारिताका लागि इञ्जिनियरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पार्टी नेता सिंहले राजनीतिक स्थिरतासँगै अब मुलुकको विकास, निर्माणको काममा तीव्रता दिन इञ्जिनियरलाई सहयोगका लागि आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताउनुभयो ।

“पञ्चेश्वर, बूढीगण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन्,” उहाँले भन्नुभयो,“यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको छ ।”

सरकार स्वदेशमै रोजगारी सृजना हुने खालको आयोजनाको कामलाई समयमै सम्पन्न गर्न कटिबद्ध भएर लागेको भन्नुहुँदै मन्त्री खड्काले यसमा इञ्जिनियरहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा सिडेनका अध्यक्ष इञ्जिनियर लक्ष्मण केसी, निर्वाचन परिचालन समितिका संयोजक डा. जगदीशचन्द्र पोखरेल, एसोसिएसन अध्यक्ष पदका उम्मेदवार इञ्जिनियर सुवासचन्द्र बराललगायतले इञ्जिनियरबिना देशको विकास सम्भव नभएको बताउनुभयो ।

उहाँहरूले विदेश पलायन हुन लागेका इञ्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सरकारी क्षेत्रमा प्राविधिक सचिवको कोटा काटिँदा इञ्जिनियरहरू मारमा परेको वक्ताहरूको भनाइ थियो ।

IME Lifesidebar
kumari