ओम हस्पिटलमा १० प्रतिशत छुट एसबिआई बैंकका ग्राहकले पाउने
काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउदा छुट पाउने भएका छन् ।
बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा कार्ड प्रयोग बापत १० सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता अनूसार बैंकका गा्रहकहरुले परिचयपत्र सहित कार्ड प्रयोग गर्दा हस्पिटलबाट लिने निश्चित सुविधामा सो छुट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय विस्तार अधिकृत छपिराज पन्त तथा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चाबहिलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका थिए ।






















