stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सप्तकोशीमा पानीको बहावले खतराको स्तर पार गर्यो, ३० वटा ढोका खोलियो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

राजविराज । सप्तकोशी नदीमा पानीको बहावले खतराको स्तर पार गरेपछि तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ । शुक्रबार बिहानबाट नदीमा पानीको बहाव उच्च भएको हो ।

पछिल्लो मापनअनुसार सप्तकोसीको बहाव २ लाख ७ हजार ७ सय १५ क्युसेक प्रति सेकेन्ड रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोषकुमार खड्काले जानकारी दिएका छन् ।

खड्काका अनुसार ब्यारेजका ५६ मध्ये ३० ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन भनिएको पनि खडकाले बताए ।

सप्तकोसीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ । ५ वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चि तर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढदै गएको हो ।

कोशीमा पानीको बहाव बढदै गएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका विभिन्न भागमा जोखिम बढेको नगरप्रमुख शैलेशकुमार साहले बताए ।

यसैगरी कोशीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले बताए ।

बिहीबारदेखि मुलुकका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भएसँगै पहिरो र बाढीबाट जनधनको क्षति भइरहेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari