stcnepal long ad
Himalayan bank
national life

दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव फेला

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । दक्षिण कोरियाको राजधानी सिओलका मेयरको शव प्रहरीले फेला पारेको छ । हिजो बेपत्ता भएका मेयर पार्क वन सूनको शव प्रहरीले फेला पारेको बिबिसीले जनाएको छ ।

पार्कले घर छोड्नुअघि एक सन्देश दिएर गएको उनकी छोरीले प्रहरीलाई जानकारी गराएपछि खोजि थालिएको थियो ।

मेयर पार्कको शव प्रहरीले सिओलको उत्तरी क्षेत्रमा रहेको माउन्ट बुगाकमा फेला पारेको हो । उनको फोनको सिंग्नल अन्तिमपटक सोही क्षेत्र नजिक पहिचान भएको थियो ।

उनको मृत्युको कारण अहिलेसम्म खुलाइएको छैन । उनी बेपत्ता हुनु भन्दा केही घण्टा पूर्व महिला कर्मचारीले यौन हिंसाको आरोपमा पार्कविरुद्ध उजुरी दिएको खुलेको छ ।

पार्कले हिजोका सबै सार्वजनिक कार्यक्रम रद्द गरेका थिए । पार्क सन् २०११ देखि सिओलको मेयर थिए ।

उनी गत जुनमा तेस्रो तथा अन्तिम कार्यकालका लागि निर्वाचित भएका थिए ।

दक्षिण कोरियाका राष्ट्रपति मून जे इनको पार्टीका सदस्य पार्कलाई सन् २०२२ को राष्ट्रपति चुनावका सम्भावित उम्मेदवारका रुपमा हेरिएको थियो ।

kumari bank
kumari
nawakantipur long