evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

वैशाख महिनाका लागि सानिमा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटायो

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । वैशाख महिनाका लागि सानिमा बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा वैशाख महिनाका लागि ३ देखि ६ महिनाका लागि ५.७५, ६ देखि १२ महिनाका लागि ६.५० प्रतिशत, १२ देखि १८ महिनाका लागि ७ प्रतिशत र १८ महिनादेखि माथि अवधिका लागि ७.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घटाएको छ । बैंकले वैशाख महिनामा संस्थागत तर्फ ६ महिना र सोभन्दा माथि अवधिका लागि अधिकतम ६.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा संस्थागततर्फ अधिकतम ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

igi long
himalayan life insurance long ad