citizens life insurance long ad
stcnepal long ad

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख ८ हजार ९२० कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र इच्छुक संस्थापक शेयरधनीहरुले आफूले के–कति दरमा शेयर खरिद गर्ने हो, सो खुलाई काठमाडौंका लाजिम्पाटस्थित बैंकको शेयर शाखामा सम्पर्क निवेदन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

IME Life
kumari