citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अधिकांश बैंकहरुले फेरि ब्याजदर घटाए 

चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । २०८१ वैशाख महिनाको लागि अधिकांश वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ ।

चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको छ । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.१८ विन्दुले घटको छ । ५ बैंकहरुले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने एभरेष्ट बैंक र एनएमबि बैंकले ब्याजदर बढाएका छन् ।

मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैंक रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकको रहेको छ । पछिल्ला महिनाहरुमा बैंकह्रले लगातारजसो ब्याजदर घटाइरहेका छन् ।

प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन नसकेको बैंकहरुको आरोप छ ।

ब्याजदर घटाउँदै जाँदा अब बेस रेट पनि घट्दै जानेछ । यसले कर्जाको ब्याजदर पनि थप घट्नेछ । ब्याजदर घटेपछि कर्जा तथा लगानी विस्तार हुने अनुमान गर्न सकिन्छ ।

himalayan life insurance
igi long