stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण उठाउने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ। जस अन्तर्गत केन्द्रीय बैंकले ट्रेजरी बिल मार्फत १५ अर्ब ७१ करोड २५ लाख रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्नेछ भने ५ अर्ब रुपैयाँ थप उठाउने भएको छ।

राष्ट्र बैंकले २८ दिने ५ अर्ब रुपैयाँको, ९१ दिने १० अर्ब ११ करोड २५ लाख रुपैयाँ, १८२ दिने ६० करोड रुपैयाँको र ३६४ दिने ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ।

यी ट्रेजरी क्रमशः २०८१ वैशाख ११ गते, २०८१ असार १२ गते, २०८१ असोज ८ गते र २०८१ चैत ११ गते परिपक्व हुनेछन्। यी ट्रेजरी बिल चैत १३ गते जारी हुनेछ। यसको बोलकबोल चैत १२ गते दिउँसो ३ बजे हुनेछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

prabhu mahalaxmi
kumari