stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंक र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल बीच समझदारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिगत १७ वर्ष देखि आफ्ना ग्राहकवर्गहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा सुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५% सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ ।

गँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले हस्ताक्षर गर्नु भएको हो ।

यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् ।

आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई  उपचारका  क्रममा थप सहज  सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

 

 

prabhu mahalaxmi
kumari