stcnepal long ad
ime life insurance
national life
global ime bank long

विश्व वित्तीय सप्ताह –२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व वित्तीय सप्ताह २०२४ (GLOBAL MONEY WEEK- 2024) को अवसरमा प्रभु क्यापिटल लिमिटेडले चैत ८ गते वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ललितपुर स्थित सानेपामा रहेका स्टार हस्पिटलका चिकित्सकहरु बीच कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा स्टार हस्पिटलका अध्यक्ष किशोर मर्हजन, प्रमुख संचालक अधिकृत सन्देश जिसि लगायत  कार्यसमितिका  सदस्यहरुसमेत गरी करीब २२ जना चिकित्सकहरु सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम प्रविधिक विशेषज्ञका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत  दुर्गा नन्द झा ले संचालन गर्नु भएको थियो ।

उक्त वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत चिकित्सा पेशामा व्यस्त रहेका चिकित्सकहरुले समेत निष्क्रिय रुपमा शेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने उद्धेश्यका साथ उतm कार्यक्रमको आयोजना गरिएको हो ।

उक्तकार्यक्रम ओइिसिडिको द्वारा संगठित विश्व वित्तीय सप्ताह– २०२४ को अवसरमा चिकित्सकहरुलाई लगानी सम्बन्धि जागरुकता, लगानीको विभिन्न अवसर र चुनौतीहरु, तथा लगानी सम्बन्धित जोखिम व्यवस्थापनको विषयमा केन्द्रित रहि तालिम कार्यक्रम सम्पन्न गरेको हो ।

चिकित्सकहरुले प्रभु क्यापिटल लिमिटेडले आयोजना गरेको उक्त कार्यक्रम सेयर बजार सम्बन्धि सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा निकै प्रभावकारी भएकोे बताएका छन् । चिकित्सकहरु आफ्नो समय व्यस्तता तथा शेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण पूँजी बजारमा सक्रिय नरहेको बताएका थिए ।

पूँजी बजार तथा शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले बजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।

IME Lifesidebar
kumari