citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लक्ष्मी सनराईज बैंकले सुरु गर्यो ईकमर्स अक्वायरिङ गेटवे सेवा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले “ई(कमर्स अक्वायरिङ गेटवे” सेवा सुचारुमा ल्याएको छ। नेप्स अन्तरर्गत ई(कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक पनि रहेको छ ।

यस सेवा नेप्सले ख्क्ष्क्ब् को सहायक संस्था, ऋथदभचकयगचअभ संगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको सुचारु पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निमित्त ग्राहक मार्फत भुक्तानी लिनको लागि थप एउटा मध्यम हुन सक्दछ ।

उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोवार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्ड मार्फत अनलाइन भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

तसर्थ यो सुविधाले देशको ई(कमर्स कारोवार बढाउने विश्वास नेप्स तथा सनराईज बैंकले व्यक्त गरेका छन् ।

१२ वटा बैंक तथा वित्तीय संस्थाहरुद्वारा संस्थापित एवं संचालित नेप्स नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी प्रणाली संचालकका साथै PCI SSC  को Board of Advisory र PCI DSS Version 4.0 ₹ PCI PIN  प्रमाणित संस्था पनि हो ।

नेप्सले बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्ड मार्फत विद्युतीय भुक्तानी सम्बन्धि कार्य गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै अन्य सेवाहरु पनि प्रदान गर्दै आईरहेको छ ।

हाल ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाइ विभिन्न कार्ड संजाल मार्फत कारोवारका लागि होस्टिंग र स्विचिंग सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

himalayan life insurance
igi long