citizens life insurance long ad
stcnepal long ad
national life

यति एयरले भित्र्याउन लागेको दुईवटा एटिआरले विमानले पायो दर्ता नम्बर

Prabhu Insurance Long Ad

काठमाडौं । निजी हवाई उडान सेवा प्रदायक यति एयरलाइन्सले बंगलादेशबाट भित्र्याउन लागेको दुईवटा एटिआर ७२ विमानलाई नेपाल नागरिक उड्ययन प्राधिकरणले दर्ता नम्बर उपलब्ध गराएको छ।

प्राधिकरणबाट यति एयरले ‘नाइनएन–एओएफ’ र ‘नाइनएन–एओएच’ दर्ता नम्बर पाएको एभिएशनइननेपाल अनलाइनले उल्लेख गरेको छ ।

हालै मात्र एशियन लाइफ इन्स्योरेन्सलाई मुख्य साझेदारका रुपमा भित्र्याएको यति एयरलाइन्सले हवाई सेवा बिस्तारको योजना सहित ब‌ंगलादेशी हवाई सेवा कम्पनी नोभो एयरले प्रयोगमा ल्याएको दुईवटा विमान खरिदको सम्झौता गरेको थियो । नोभो एयरले आफ्ना दुई वटा विमान बेलायतको एयरस्ट्रिम इन्टरनेशनल मार्फत् बिक्री गरेको हो।

नोभो एयरले बिक्री सम्झौता गरेका दुई एटिआर ७२ अन्तर्गतको ५०० सिरिजका विमानहरुको एमएसएन अर्थात् उत्पादकको श्रृ‌खला नम्बर ८०५ र ८१६ भएको यी S2AHG र S2AHH दर्ता नम्बरमा बंगलादेशमा उडान गर्दै आएको थियो ।

यी मध्ये ८०५ को पहिलो उडान २००८ को नोभेम्बर २० तारेख अर्थात् १५ वर्ष २ महिना अघि भएको थियो । यसैगरी ८१६ ले सन् २०१० को अप्रिल २२ मा पहिलो उडान भरेको थियो ।

यो विमानको १३ वर्ष ७ महिना पुरानो हो ।एयरस्ट्रिम इन्टरनेशनलको आधिकारिक वेबसाइटमा दिइएको जानकारी अनुसार अहिले यी दुई जहाजमध्ये एमएसन ८०५ विमान अझै पनि बिक्रीका लागि उपलब्ध छ।

himalayan life insurance
igi long