macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । क्यासवे मनी ट्रान्सफर प्रा.लि.को विप्रेषण कारोबार बन्द गरिएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गरी क्यासवे मनी ट्रान्सफरको विप्रेषण कारोबार बन्द गरिएको जानकारी गराएको हो।

काठमाडौंको भेँडासिङमा रहेको क्यासवेलाई नेपाल राष्ट्र बैंक, विप्रषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित)को विनियम–३१, उपविनियम (१)बमोजिम विप्रेषण कारोबार बन्द गर्न पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको सूचनामा उल्लेख छ।

कारोबारको सिलसिलामा उक्त कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित रुपमा जानकरी दिन पनि सूचनामा आग्रह गरिएको छ।

himalayan life insurance
igi long
NTA long ad