stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन्स बैंकको अध्यक्षमा प्रवलजंग पाण्डे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले प्रवलजंग पाण्डेलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ।

पाण्डे यसअघि बैंकको सञ्चालक थिए। उनी मर्जर तथा एक्विजिसन समितिको सदस्य भएको बेला बैंकले तिनाउ मिसन विकास बैंक, सृजना फाइनान्स र सहयोगी विकास बैंकलाई प्राप्ति गरेको थियो।

बैंकका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष बनेका पाण्डे बैंकका प्रमुख लगानीकर्ता पनि हुन्। अध्यक्ष चयनपछि उनले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

prabhu mahalaxmi
kumari