stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौँ महानगरपालिकाद्वारा श्रम सहकारी दर्ता आह्वान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रम सहकारी दर्ताका लागि सूचना आह्वान गरेको छ । खरिद नियमावलीमा नै ५ करोडसम्मको विकास निमार्ण कार्य श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था रहेकोले परीक्षणका लागि केही सहकारी स्थापना गरेर हेर्न श्रम सहकारीको सूचना आह्वान गरेको महानगरले जनाएको छ ।

महानगरका अनुसार खरिद ऐन र नियमावली ५ करोडसम्मको विकास निमार्णको काम श्रम सहकारी मार्फत गर्न सकिने व्यवस्था गरेको हो ।

महानगरले शुक्रबार एक सूचना प्रकाशित गर्दै श्रम सहकारी स्थापनाका लागि आह्वान गरेको हो । श्रम सहकारी संस्था मार्फत विकास निर्माण लगायत विभिन्न सामाजिक प्रवर्द्धनका कार्यहरू गर्न सहकारी स्थापनाको लागि आह्वान गरेको महानगरले जनाएको छ ।

‘सार्वजनिक खरिद नियमावली २०६४ नियम ९७ (क) अनुसार प्रतिस्पर्धामा भाग लिने समेत प्रयोजनका लागि सहकारी ऐन २०७४ अनुसार श्रम सहकारी संस्था गठन गरी उल्लेखित कार्य गर्न इच्छुक श्रमिकहरूले सहकारी विभागमा सम्पर्क राख्न सूचना प्रकाशित गरिएको छ,’ महानगरको सूचनामा भनिएको छ ।

prabhu mahalaxmi
kumari