macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एभरेष्ट बैंक र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । एभरेष्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

एनआइसी एसिया बैंकको २९% बोनस सेयरमा मूल्य समायोज भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ७६१ रुपैयाँ ५० पैसालाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो ।

समायोजन पछि यसको मूल्य ५९० रुपैयाँ ३१ पैसा कायम भएको छ । मंगलबार यिनीहरुको समायोजित मूल्यलाई आधार मानेर कारोबार सुरु हुनेछ ।

१५ असोज २०८०, सोमवार १७:१० बजे प्रकाशित

NTA long ad