stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सामाजिक सुरक्षा कोषमा सूचीकृत यात्रुले टेलिभिजन ल्याउँदा भन्सार तिर्नु नपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने जनाएको छ ।

तर श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्च सम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउने कार्यालयले जनाएको छ ।

अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको महसुल भन्सारमा तिर्नु पर्ने व्यवस्था रहेको स्मरण पनि कार्यालयले गराएको छ ।

यसैगरी ५ हजार अमेरिकी डलर माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नु पर्ने र रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था रहेको पनि कार्यालयको भनाई छ ।

नेपाली हिन्दुहरूको महान् पर्व दसैँ, तिहार तथा छठमा विदेशबाट आउने यात्रुहरूले आफ्नो व्यक्तिगत प्रयोजनका लागि कानुनले छुट सुविधा दिएको वा व्यक्तिगत प्रयोजनमा राजस्व तिरेर ल्याउन सकिने उल्लेख गरिएका सामान बाहेक अन्य सामान नल्याउनुहुन पनि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले अनुरोध गरेको छ ।

prabhu mahalaxmi
kumari