citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सिटिजन्स बैंकले दराज सँग समझौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने उद्देश्यका साथ सिटिजन्स बैंकले दराज सँग समझौता गरेको छ ।

सिटिजन्स बैंकका पदाधिकारी र दराजका प्रतिनिधि बीच बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा असोज १७ गतेबाट लागू हुने गरी सम्झौतामा हस्ताक्षर भएको हो ।

दराजका पेमेन्ट म्यानेजर जोनाम भुर्तेल र बैंकका प्रमुख मास बैंकिङ्ग अफिसर रोशन मानन्धर ले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा उल्लेख भए अनुसार सिटिजन्स बैंकको डेबिट कार्ड प्रयोग गरेर प्रीपेमेन्ट गर्ने ग्राहकहरूले १५५ सम्मको र अधिकतम रु १५०० सम्म छुट पाउनेछन भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०५ सम्मको र अधिकतम रु २००० को छुट प्राप्त गर्नेछन् ।

यो अफरको लाभ लिन ग्राहकहरूले दराज एप वा वेबसाइट मार्फत सिटिजन्स बैंक भौचरहरू सङ्कलन गर्नुपर्नेछ जुन खरिद प्रक्रियामा आफै लागू हुनेछ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ५० हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

himalayan life insurance
igi long