citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पारामाउन्ट मोटर्स प्रालिले भक्तपुरको गठ्ठाघरमा दोस्रो एमजी शोरुम सञ्चालनमा

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले गठ्ठाघर भक्तपुरमा दोस्रो एमजी शोरुम सञ्चालनमा ल्याएको छ। यो विस्तारले एमजीको ओनरसिप एक्सपेरिएन्स वृद्धि गर्ने आफ्नो प्रतिवद्धतालाई झनै बलियो बनाएको छ।

नयाँ शोरुम भक्तपुरको गठ्ठाघर खोल्दै एमजीले नेपालभर फैलिएका १३ वटा आउटलेटहरूको सञ्जालमा एउटा आयाम थप्दै सम्मानित ग्राहकहरूलाई सेवा अझ बढाएको छ। यो शोरुम ग्राहकहरूका लागि पहुँचयोग्य सेवा प्रदान गर्ने प्यारामाउन्ट मोटर्सको प्रतिवद्धताको प्रमाण हो।

नयाँ शोरुमको उद्घाटन समारोहमा बोल्दै प्यारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भने, ‘दोस्रो एमजी शोरुमको उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिवद्धतालाई प्रष्ट पारेको छ।

ग्राहकहरूले नवीनतम एमजी मोडेलहरू एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौं।’

एमजीले हाल चार भेरियन्टमा गाडीहरु उपलब्ध गराएको छ। जसमा साइन एमटीको मूल्य ६१ लाख ४९ हजार, साइन सिभिटीको मूल्य ६६ लाख ९९ हजार, सार्प एमटीको ७७ लाख ४९ हजार र सार्प सिभिटीको मूल्य ८१ लाख ४९ हजार तोकिएको छ।

हाल नेपालभर एसि र डिसी गरेर १९ वटा एमजी चार्जिङ स्टेसनहरु उपलब्ध छन्। यद्यपि, २०२३ को अन्त्य सम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशनहरूको संख्या ५० सम्म पुऱ्याउने लक्ष्य राखेको छ।

पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरु मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसि चार्जिङ स्टेसनहरु स्थापना गरेको छ।

एमजीको नयाँ सर्भिस सेन्टर कुसुन्ती तथा इटहरी, बिर्तामोड, बर्दिबास, वीरगञ्ज, पोखरा, हेटौँडा, नौबिसे, नेपालगञ्ज, धनगढी, गाईघाट र दाङको लमहीमा पनि चाँडै डिसि चार्जिङ स्टेसनहरु स्थापना गरिने जानकारी दिएको छ।

त्यस्तै काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसनहरु रहेका छन्।

himalayan life insurance
igi long