stcnepal long ad
ime life insurance
global ime bank long

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने राहत शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक राहात शिक्षकविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

अख्तियारले आज कैलालीको, घोडाघोडी नगरपालिका वडा नं.२, साडेपानीस्थित श्री दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाह उपर शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र सम्बन्धी आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

शाहले नक्कली प्रमाण(पत्र (इण्टरमिडियटको सर्टिफिकेट ) नक्कली पेस गरी अध्यापन गरेकोले निजको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन गर्न परेको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा शाहले झुट्टा प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको ओहदा पाउने र सो ओहदामा बहाल रहने मनसाय राखी आफूलाई फाईदा र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने गरी माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल ऐण्ड इण्टरमिडिएट एजुकेशन, यू.पी., राजकीय हुसेनावाद इण्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको उक्त शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा भएको प्रमाणित भएको अख्तियारले ठहर गरेको छ ।

अख्तिायारले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको हुँदा उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

prabhu mahalaxmi
kumari