stcnepal long ad
ime life insurance
national life
global ime bank long

लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस नेपालमा पहिलोपटक सञ्चालनमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालमा पहिलो पटक लामो दूरीमा बिजुलीबाट चल्ने ‘विद्युतीय मिनी बस’ सञ्चालनमा आएको छ ।

मिनी बसको उद्घाटन गर्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै कर बढाएर गल्ती गरेको बताउनुभयो ।

भवलक्ष्मी यातायात सेवा प्रा.लि.ले उक्त मिनी बसहरु सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंबाट रामेछापको मन्थलीसम्म २ वटा मिनी बस सञ्चालन हुने कम्पनीले जनाएको छ ।

विजुली बसले पर्यावरण संरक्षणमा मद्दत पुर्याउनुका साथै नेपालमा उत्पादन भएको विद्युत खपत भएर आयातीत इन्धन प्रतिस्थापन हुने कम्पनीका अध्यक्ष रितु प्रसाद चौलागाईंले बताउनुभयो ।

उक्त विद्युतीय मिनी बसहरु एनबी ग्रिन टेक इन्टरनेशनलले चीनबाट नेपालमा आयात गरेको हो । नेपालको सबै प्रकारका बाटोमा उक्त बसहरु सहजै गुड्न सक्ने कम्पनीको दाबी छ ।

हाल सञ्चालनमा आएको मिनी बसको नेपाली बजार मूल्य करीब १ करोड रुपैयाँ रहेको एनबी ग्रिन टेक इन्टरनेशनलले जनाएको छ ।

IME Lifesidebar
kumari