स्थगित युनाइटेड इदी मर्दीको आइपीओ अब असोज ७ गतेबाट खुल्ने
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले यसअघि स्थगित गरेको आइपीओ असोज ७ गतेबाट फेरि बिक्री खुला गर्ने भएको छ । कम्पनीले कास्की जिल्लाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ४ करोड २० लाख रुपैयाँ बराबरको ४ लाख २० हजार लाख कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।
युनाइटेडले पहिलो चरणमा आयोजना प्रभावितहरुका लागि आइपीओे निष्कासन गर्नेछ । त्यसपछि फेरि दोस्रो चरणमा सर्वसाधारणका लागि ६ लाख ३० हजार कित्ता सेयर निष्कासन हुनेछ ।
यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । यो आइपीओमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
केयर रेटिङ नेपालले यसलाई ग्रेड ४ रेटिङ दिएको छ । यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँछ । यो आइपीओमा छिटोमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, सो अवधिमा बिक्री नभएमा भने कात्तिक ६ गतेसम्म भर्न सकिनेछ ।
युनाइटेड इदी मर्दीको आइपीओमा एनएमबि बैंक, गण्डकी विकास बैंक र कैलाश विकाश बैंकको पोखरास्थित हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, पोखरा फाइनान्सको माछापुच्छ्रे् गाउँपालिका शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
हाल यसले कास्कीमा ७ मेगावाट अपर मार्दीखोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यसअघि कम्पनीले गत चैत १० गतेबाट आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गर्न लागेको आइपीओ कोरोना महामारीका कारण देशभर लागू गरिएको निषेधाज्ञा र लकडाउनका कारण स्थगित भएको थियो ।





















