एक्सयुभी ७०० को ५ सिटर भेरिएन्ट अव उत्पादन नहुने

महिन्द्राले एक्सयुभी ७०० को ५ सिटर भेरियन्ट बन्द गरेको छ । एसयुभी अब ६ सिटर र ७ सिटर कन्फिगरेसनमा मात्र उपलब्ध हुने जनाइएको छ ।
एमएक्स, एएक्स३ र एएक्स५ भेरिएन्टमा उपलब्ध यस एसयुभीको ५ सिटर भेरिएन्ट डिजेल र पेट्रोल दुबै इन्जिनका साथ म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध थियो । भारतमा यसको सुरुवाती मुल्य १४ लाख भारु तोकिएको थियो ।
५ सिटर भेरिएन्ट बन्द भएपनि एक्सयुभी ७०० अव ६ र ५ सिटर कन्फिगरेसनका साथ ४३ भेरियन्टहरूमा उपलब्ध छ । ५ सिटर र ७ सिटर भेरिएन्टको सुरुवाती मूल्यमा खासै ठूलो अन्तर नभएपछि ग्राहकले पछिल्लो समय ६ र ७ सिटर भेरिएन्टलाई अत्याधिक रुचाएका थिए ।
जसकारण ५ सिटर भेरिएन्टको मागमा कमि आएको र अन्ततः उत्पादन नै बन्द गरिएको अनुमान गरिएको छ ।
एक्सयुभी ७०० नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको एसयुभी हो । नेपालमा यसको ५ सिटर भेरिएन्ट अन्तर्गत एएक्स३ र एएक्स५ ट्रिम उपलब्ध छ । जसको मुल्य ७४ लाख र ८१ लाख रुपैयाँ तोकिएको छ ।