बजारमा आज सुनको भाउ १७ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १७ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।