सेन्सेइ ब्रान्डको नयाँ वर्ष योजना सुरु
बाइक जित्ने अवसर

काठमाडौं । सिजी इलेकट्रोनिक्सअन्तर्गत सेन्सेइ ब्रान्डले नयाँ वर्ष–२०८२ को अवसरमा ‘नयाँ वर्ष सबैलाई एक्स(पल्स सेन्सेइ किन्नेलाई’ अभियान सुरु गरेको छ ।
यस अभियान अन्तर्गत सेन्सेइका घरायसी सामानको खरिदमा आकर्षक क्यासब्याक स्योर सट उपहारका साथै बम्पर लक्की ड्रमा हिरो एक्स–पल्स बाइक पाउन सकिने कम्पनीले जनाएको छ ।
यस अभियानमा ग्राहकले सेन्सेइका घरायसी उपकरण खरिद गर्दा २५ प्रतिशतसम्म क्यासब्याक र स्योर सट उपहारहरू जस्तै एलईडी टीभि ५० र माथिमा एमआई एयरपड, सेमी–अटोमेटिक वाशिङ मेसिनमा २ किलो एरियल , र फ्रन्ट–लोड वाशिङ मेसिनमा ६ किलो एरियल प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूको सुविधाका लागि, सिजी इलेकट्रोनिक्सले पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने र नयाँ उत्पादनहरूको लागि शून्य प्रतिशत किस्ता भुक्तानीको सुविधा उपलब्ध गराएको छ।
लक्की ड्रमा सहभागी हुन विज्ञापनमा दिएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेर सहभागी हुन सकिने छ ।