नयाँ रेनो डस्टर हाइब्रिडको बुकिङ खुला
काठमाडौं । रेनोले भारतमा आफ्नो नयाँ डस्टर स्ट्रङ हाइब्रिडको आधिकारिक बुकिङ खुला गरेको छ ।अक्टोबर १७ मा सार्वजनिक हुने तयारीमा रहेको यो नयाँ एसयूभीले प्रतिलिटर २९ किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ ।
यो नयाँ मोडलमा १.८ लिटरको पेट्रोल इन्जिनका साथ दुईवटा इलेक्ट्रिक मोटर र १.४ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ, जसले १६० पीएस पावर प्रदान गर्छ । यसमा रहेको सेल्फ–चार्जिङ प्रविधिका कारण ब्याट्री चार्ज गर्न बाह्य चार्जरको आवश्यकता पर्दैन ।
कम्पनीका अनुसार यो माइलेज टोयोटा अर्बन क्रुजर हाइराइडर र मारुती सुजुकी ग्रान्ड भिटारा जस्ता प्रतिस्पर्धी हाइब्रिड गाडीहरूभन्दा धेरै हो ।




















