sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाल आयल निगमको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम लिमिटेडको रिक्त विज्ञ सञ्चालक सदस्य नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

आयल निगममा रिक्त एक जना विज्ञ सञ्चालक सदस्य पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको हो ।

उक्त पदका लागि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कार्यालय समयमा मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबारमा आवेदन दिन सक्नेछन् ।

उक्त पदमा दरखास्त दिन नेपालको नागरिक भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरी सार्वजनिक निकायको कामको प्रकृतिसँग सम्बन्धित विषयमा कम्तीमा १० वर्षको विज्ञता हासिल गरेको हुनुपर्ने छ ।

यस्तै उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको, दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।

दरखास्त साथ यस मन्त्रालयको वेबसाइटमा प्रकाशित उद्योग मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को अनुसूची २ बमोजिमको ढाँचामा दरखास्त भरी दुई प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मन्त्रालयको वेबसाइटमा रहेको नमुना बमोजिम स्वघोषणा फाराम, व्यक्तिगत विवरण र अनुभव सम्बन्धमा सम्बन्धित निकायको प्रमाणित कागजातका प्रतिलिपिलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने छ ।

gold
nawakantipur long