केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च

केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण गरिएको यस स्ट्रिटफाइटर बाइकमा क्रुज कन्ट्रोललाई स्ट्यान्डर्ड फिचरका रुपमा राखिको छ ।
नयाँ ३९० एडभेन्चरकै क्रुज कन्ट्रोललाई केटीएमले ३९० ड्युकमा पनि निरन्तरता दिएको हो । यस नयाँ फिचरका कारण राइडरले ह्यान्डलबारमा दिइएको स्विच प्रयोग गरेर गति सेट गर्न सक्नेछन् भने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलद्वारा बाइकको निगरानी गर्न सकिन्छ ।
मोटरसाइक्लमा ३९९ सिसी, सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन जडान गरिएको छ । जसले, ४५.३ बीएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।
बाइकको अगाडी एड्जस्टेवल यूएसडी फोर्क र पछाडि मोनो–शक राखिएको छ । यसको दुबै चक्कामा कर्नरिङ एबिएस र सुपरमोटो एबिएसद्वारा समर्थित डिस्क ब्रेकहरू छन् ।
केटीएमको यस नयाँ संस्करणमा लन्च कन्ट्रोल, क्विकशिफ्टर, ट्र्याक्सन कन्ट्रोल र दुईवटा राइडिङ मोड पाउन सकिन्छ ।