stcnepal long ad
ime life insurance
national life
global ime bank long

केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

केटीएमले ३९० ड्युकको २०२५ संस्करण लन्च गरेको छ । २ लाख ९५ भारु निर्धारण गरिएको यस स्ट्रिटफाइटर बाइकमा क्रुज कन्ट्रोललाई स्ट्यान्डर्ड फिचरका रुपमा राखिको छ ।

नयाँ ३९० एडभेन्चरकै क्रुज कन्ट्रोललाई केटीएमले ३९० ड्युकमा पनि निरन्तरता दिएको हो । यस नयाँ फिचरका कारण राइडरले ह्यान्डलबारमा दिइएको स्विच प्रयोग गरेर गति सेट गर्न सक्नेछन् भने डिजिटल इन्स्ट्रुमेन्ट कन्सोलद्वारा बाइकको निगरानी गर्न सकिन्छ ।

मोटरसाइक्लमा ३९९ सिसी, सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन जडान गरिएको छ । जसले, ४५.३ बीएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ । इन्जिनलाई ६–स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकको अगाडी एड्जस्टेवल यूएसडी फोर्क र पछाडि मोनो–शक राखिएको छ । यसको दुबै चक्कामा कर्नरिङ एबिएस र सुपरमोटो एबिएसद्वारा समर्थित डिस्क ब्रेकहरू छन् ।

केटीएमको यस नयाँ संस्करणमा लन्च कन्ट्रोल, क्विकशिफ्टर, ट्र्याक्सन कन्ट्रोल र दुईवटा राइडिङ मोड पाउन सकिन्छ ।

prabhu mahalaxmi
kumari