citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच व्यवसायिक समझौता

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मुक्तिनाथ विकास बैंकसँग बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छ ।

बीमा व्यवसायका विषयमा र्बैकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा माघ २३ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।

उक्त सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरे ।

यस समारोहमा नेपाल माइक्रोका डेपुटी सीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृत मनोज कुमार चौधरी र मुक्तिनाथ विकास बैंक लिमिटेडका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

इन्स्योरेन्स कम्पनीका सीइओ रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए ।

साथै उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।

यसै मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ बज्राचार्यले सकारात्मक सोचलाई निरन्तरता दिदै “यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नबिन कार्य र प्रभावका लागि हो भन्द कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केंद्रित उत्पादनहरू विकास हुने बताए । जसले दिगो विकासलाई टेवा पुर्‍याउने समेत जनाए ।

यो सहकार्यले नवीन उत्पादनहरूको विकास, संयुक्त बजारीकरण पहलको प्रवद्र्धन र सेवा प्रवाहलाई सरल बनाउन खोजेको छ, जसले लघु बीमा सम्बन्धि वित्तीय समाधानहरूको सहज पहुँच सुनिश्चित गर्नेछ ।

यो रणनीतिक साझेदारीे नेपालको ग्रामीण र अर्धशहरी क्षेत्रमा आर्थिक स्थिरता र लचिलोपन प्रवद्र्धन गर्न साझा प्रतिबद्धताको प्रतीक पनि हो ।

 

gold
himalayan life insurance long ad