stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नयाँ नेक्सन ‘के–३’ को बुकिङ खुला

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– नेपाली बजारमा निकै चर्चा कमाएको बिद्युतिय कार टाटा नेक्सन नयाँ भेरिएन्टमा आएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ नेक्सन ‘के–३’ को आइतबार एक कार्यक्रममाझ बुकिङ खुलाएको हो । नेक्सन ‘के–३’ को सुरुवाती मूल्य ४९ लाख निर्धारण गरिएको छ ।

पुरै नयाँ डिजाइनका साथ आएको नयाँ नेक्सन ‘के–३’ मा ४५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक तथा ९८ किलोवाट क्षमतको मोटर जडान गरिएको छ । यस नयाँ कारले ३५० देखी ३७० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ ।

कारमा १२।३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, १०.२५ इन्चको डिजिटलन इन्स्ट्रयुमेन्ट क्लस्टर, ठूलो पानारोमिक सनरुफ, मोर्डन ड्यासबोर्ड, नयाँ स्टेरिङ ह्वील, क्लोजअफ ग्रिलसहित ३६० डिग्री क्यामरा लगायत फिचर उपलब्ध छ । नेक्सन ‘के–३’ लाई इको, सिटी र स्पोर्ट गरी कुल तीनवटा मोडमा ड्राइभ गर्न सकिन्छ ।

prabhu mahalaxmi
kumari