stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

भोलि माघ २१ गतेदेखि ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा आवेदन दिन सकिने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड (माघ २१ गते सोमबार) देखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गर्दैछ ।

कम्पनीले १ लाख ८० हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुको लागि आइपीओ जारी गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको छ । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गर्न लागेको हो ।

त्यस्तै कम्पनीले कुल निष्कासनको ३ प्रतिशतले हुने ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुने ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि सुरक्षित राखेको छ । बाँकी १४ लाख ७६ हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्नेछ ।

आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यसमा लगानीकर्ताले फागुन ५ गतेसम्म आवेदन दिनु पर्नेछ ।

आवेदन दिने न्यूनतम कित्ता  १० र अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयर अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।

 

prabhu mahalaxmi
kumari bank
kumari