citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

समाज लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासको वित्तीय विवरण

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको यसै अवधिको भन्दा ९९.७४ प्रतिशतले कम हो । गत वर्ष यसले ५१ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यता, वित्तीय संस्थाको खुद ब्याज आम्दानी भने ४७.४७ प्रतिशतले घटेर १ करोड ६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले २ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

एक वर्षको अवधिमा कम्पनीको सञ्चालन घाटा भने कम भएको छ । गत वर्ष २ करोड ३० लाख ३३ हजार रुपैयाँ सञ्चालन घाटा रहेको कम्पनी पुससम्म आइपुग्दा घटेर ९५ लाख ३१ हजार रुपैयाँ भएको छ ।

समाज वित्तीय संस्थाको चुक्ता पुँजी २ करोड २८ लाख रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यसअवधिसम्म आइपुग्दा लघुवित्तको प्रतिसेयर आम्दानी (वार्षिक) ०.०५ पैसा (वार्षिक)  नोक्सानीमा छ । यसको प्रतिसेयर नेटवर्थ भने २२२ रुपैयाँ ०.२ पैसा छ ।

gold
himalayan life insurance long ad