stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

१८ हजार डलरमै पाइने इन्स्टर ईभीका साथ जापानी बजार प्रवेश गर्दै हुन्डाई

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले जापानी बजारमा सबैभन्दा सस्तो कम्प्याक्ट इलेक्ट्रिक कारको रुपमा हुन्डाई इन्स्टरलाई प्रवेश गराउने घोषणा गरेको छ ।

टोकियो अटो सलोन मोटर शोमा आयोजित एक पत्रकार सम्मेलनमा हुन्डाई मोबिलिटी जापानका सीईओ तोशीयुकी शिमेगीले यो जानकारी दिएका हुन् ।

पेट्रोल र हाइब्रिड गाडी प्रविधिमा अब्बल स्थानीय कम्पनीहरूले कब्जा गरेको जापानी बजारमा प्रवेश गर्ने लक्ष्य हुन्डाईले राखेको छ ।

जापानमा टेस्ला र अन्य विदेशी ब्रान्डहरूले ईभी बजार विस्तार गर्न गरेको प्रयास जस्तै अब हुन्डाईले पनि नयाँ रणनीति लिने छ ।

हुन्डाई इन्स्टरले चीनको प्रमुख इलेक्ट्रिक गाडी निर्माता बीवाईडीको जस्तै कम मूल्यको रणनीति अपनाउनेछ।

२.८५ मिलियन येन अर्थात १८ हजार डलरको सुरुआती मूल्यमा उपलब्ध हुने हुन्डाई इन्स्टरले जापानमा कम्प्याक्ट इलेक्ट्रिक गाडीका लागि सबैभन्दा सस्तो मोडलको पहिचान कायम गर्नेछ । यो २०२३ मा बीवाईडीले डल्फिनका लागि तोकेको ३.६३ मिलियन येन मूल्यभन्दा कम हो ।

युरोपमा गत वर्ष सुरू भएको र दक्षिण कोरियामा क्यास्पर इलेक्ट्रिकका रूपमा परिचित इन्स्टर मे महिनादेखि जापानी ग्राहकहरूलाई डेलिभर गरिनेछ ।

जापानको अल्ट्रा–कम्प्याक्ट, सीमित पावर भएको ‘केई कार’ श्रेणीमा निसान मोटरको साकुरा २।६० मिलियन येनमा बिक्री भइरहेको छ र यो जापानको सबैभन्दा लोकप्रिय इलेक्ट्रिक गाडी भएको रोयटर्सले उल्लेख गरेको छ।

तर साकुराले पनि गत वर्ष २३ हजार भन्दा कम बिक्री गरेको छ, जुन २०२३ भन्दा झण्डै ४० प्रतिशतले कम हो। यसले जापानको वार्षिक ४० लाख प्यासेन्जर कार बिक्री हुने बजारमा इलेक्ट्रिक गाडीहरूको कम लोकप्रियता देखाउँछ।

गत वर्ष हुन्डाईले जापानमा केवल ६०७ युनिट गाडी बिक्री गरेको थियो जबकि बीवाईडीले २ हजार २२३ युनिट गाडी बिक्री गरेको थियो ।  टेस्लाले भने आफ्नो  जापान बिक्रीको विवरण खुलाएको थिएन ।

‘इन्स्टर हाम्रो प्रमुख उत्पादन हो, जसले जापानी ग्राहकहरूको पहिचान जित्नेछ,’ शिमेगीले भने । यसले हुन्डाईलाई आगामी पाँच वर्षमा जापान बिक्रीलाई दश गुणा बढाउने लक्ष्य पूरा गर्न मद्दत गर्ने बताए ।

कियासँग मिलेर विश्वको तेस्रो ठूलो अटो समूह बनाउने हुन्डाई २००९ मा कम बिक्रीका कारण जापानको प्यासेन्जर कार बजारबाट बाहिरिएको थियो।

तर २०२२ मा केवल इलेक्ट्रिक र फ्युल सेल गाडीहरूका साथ पुनः प्रवेश गरेको थियो । टोयोटा, होन्डा र अन्य जापानी अटो कम्पनीहरूले बजारमा प्रभुत्व जमाएका छन् ।

prabhu mahalaxmi
kumari