stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जनउत्थान सामुदायिक लघुवित्तले लाभांश नदिने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश नदिने भएको छ।

लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्ष २०८०/८१ का लागि शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय पनि लघुवित्त वित्तीय संस्थाले गरेको छ।

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि अनुमोदनका लागि आगामी वार्षिक साधारणसभा पेस गरिने संस्थाले जनाएको छ।

prabhu mahalaxmi
kumari