stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अब सबै ब्राण्डका इभी स्कुटर एकै ठाउँमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुरको सातदोबाटोमा सबै ब्राण्डका स्कुटरहरू पाइने इभी मार्ट सञ्चालनमा आएको छ । श्री अटो इन्कर्पोरेट प्रा.लि.ले बजारमा उपलब्ध राम्रो सर्भिस सेवा भएका ब्राण्डमात्र बिक्री गर्न मार्ट सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक रोशनकुमार श्रेष्ठले बताउनुभएको छ ।

श्रेष्ठका अनुसार हाल बजारमा इण्डियन र चाइनिज गरी लगभग ७०/८० ब्राण्डका कारण उपभोक्ताहरू अन्योलमा परेका छन् । सोही अन्योल चिर्न मार्ट सञ्चालनमा ल्याइएको हो ।

मार्टमा बिक्रीका साथै स्कुटर सम्बन्धी जानकारी, परामर्श तथा सर्भिसमा समस्या भएका ग्राहकले पनि सम्पर्क गर्न सक्ने बताइएको छ ।

ललितपुरमा इभी स्कुटर ग्राहकहरू धेरै रहेको र शोरुममा विभिन्न ब्राण्डका र ग्राहकको मागअनुसारका जुनसुकै मोडलका सवारीसाधन बिक्री गरिने कम्पनीका प्रबन्ध निर्देशक क्रिष्टिना ताम्राकारले बताउनुभएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari