आज तीन कम्पनीको नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । तीनवटा विभिन्न कम्पनीहरूको लाभांश सुरक्षित गर्ने आज पुस १७ गतेअन्तिम दिन रहेको छ।
गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले भोलि पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
गरिमा विकास बैंकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि पुस २९ गते सोमबार होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरा, कास्कीमा बिहान साढे १० बजेदेखि साधारण सभा बस्नेछ।
त्यस्तै बुटवल पावर कम्पनीले पनि चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारितका लागि कम्पनीले पुस २८ गते आइतबार कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ।
एनटीसीले शेयरधनीलाई प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारित गर्न यही पुस २८ गते आइतबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्दैछ।





















