stcnepal long ad
global ime bank long

बिमा शुल्क ९.२७ प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूले १७ अर्बभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बिमा कम्पनीले पाँच महिनामा १७ अर्ब १७ करोड ७७ लाख ६१ हजार रुपियाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

कम्पनीहरूले अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.२७ प्रतिशतले बढी बिमा शुल्क आर्जन गरेका हुन् । गत आर्थिक वर्षको पाँच महिनामा १५ अर्ब ७२ करोड १० लाख १५ हजार रुपियाँ बिमा शुल्क आर्जन भएको थियो ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा १२ वटा कम्पनीले व्यापार बढाएका छन् भने दुई वटा कम्पनीको घटेको छ । सर्वाधिक व्यापार गर्नेमा सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्स अगाडि छन् । वृद्धि दरका हिसाबले दी ओरिएन्टल र नेपाल इन्स्योरेन्स अगाडि छन् ।

पाँच महिनामा सर्वाधिक बिमा शुल्क आर्जन गर्नेमा सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) छ जसको मङ्सिर मसान्तसम्ममा दुई अर्ब १९ करोड ९८ लाख ३६ हजार रुपियाँ बराबरको बिमा शुल्क आर्जन भएको छ ।

त्यसपछि सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले एक अर्ब ७६ करोड ८५ लाख ८५ हजार, शिखर इन्स्योरेन्सले एक अर्ब ७४ करोड २५ लाख ७४ हजार, आइजिआई प्रुडेन्सियलले एक अर्ब ४५ करोड ५२ लाख, नेको इन्स्योरेन्सले एक अर्ब ४० करोड ३८ लाख, हिमालयन एभरेष्टले एक अर्ब ४० करोड नौ लाख, एनएलजीले एक अर्ब १३ करोड छ लाख र ओरियन्टलले एक अर्ब १२ करोड ६९ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा आइजिआई प्रुडेन्सियलको व्यापार ५.३६ प्रतिशत, नेकोको ५.३१ प्रतिशत, हिमालयन एभरेष्टको ०.४० प्रतिशत, एनएलजीको ११.२३ प्रतिशत र ओरियन्टलको ५४.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै युनाइटेड अजोडले एक अर्ब दुई करोड ५५ लाख, सानिमा जिआइसीले ९९ करोड ७४ लाख, नेपाल इन्स्योरेन्सले ९४ करोड ४६ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा युनाइटेड अजोडको व्यापार ४.२६ प्रतिशतले घट्दा सानिमा जिआइसीको २.९८ प्रतिशत र नेपाल इन्स्योरेन्सको ५२.५७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा प्रभु इन्स्योरेन्सले ७६ करोड ६८ लाख, राष्ट्रिय बिमा कम्पनीले ६७ करोड ११ लाख, नेसनल इन्स्योरेन्सले ५४ करोड ३४ लाख रुपियाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

IME Lifesidebar
kumari