घोराही सिमेन्टले १:०.७५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । घोराही सिमेन्टले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार ७०० रुपियाँको १ः०.७५ अनुपातमा १०० अंकित दरका ३ करोड ४२ लाख ५७ हजार ६४२.७५ कित्ता हकप्रद निष्कासन गर्ने भएको हो ।
सोही प्रस्ताव पारित गर्न कम्पनीको चौथो वार्षिक साधारणसभा पुस २७ गते दाङ घोराहीमा बिहान ९ बजेदेखि बस्नेछ ।
हकप्रद पारित तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १७ गते बुक क्लो गर्ने भएको छ । पुस १६ गतेसम्म शेयरधनी बन्नेले हकप्रदमा आवेदन दिन पाउनुका साथै सभामा पनि सहभागी बन्न पाउनेछन् ।