टिभिएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ ।
ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म चल्नेछ । ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, RT-Fi, BS-VI, राइड मोडहरू, र GTT जस्ता मोडलहरूमा विभिन्न सुविधाहरू राखेको छ ।
यस सीमित अवधिको अभियानमा ग्राहकहरूले टिभिएसका बाइक तथा स्कुटरको खरिदमा ६,००० रुपैयाँसम्मको क्यास डिस्काउन्टका साथै, पुरानो मोटरसाइकलमा ६,००० रुपैयाँसम्मको थप मूल्याङ्कन पाउनेछन् ।
यी प्रस्तावहरूलाई अझ पहुँचयोग्य बनाउन जगदम्बा मोटर्सले बजारकै सबैभन्दा कम ३,९९९ रुपैयाँ प्रति महिनाको भ्ःक्ष् पनि उपलब्ध गराएको छ ।
साथै, ग्राहकहरूले हेल्मेट, बाइक कभर र ब्याग लगायत निःशुल्क सामग्री पनि प्राप्त गर्न सक्नेछन् ।