citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी नेपाली बजारमा सार्वजनिक हुँदै

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपालमा सिट्रोनको विद्युतीय गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स प्रा.लि.ले नेपाली बजारमा चाँडै नै सिट्रोनको नयाँ भेरियन्ट इेलेक्ट्रिक गाडी सार्वजनिक गर्ने भएको छ ।

लाइनअपमा थप नयाँ सार्वजनिक सँगै सिट्रोनले नेपाली कार उत्साहीहरूलाई अत्याधुनिक प्रविधि, आराम र उत्कृष्ट ड्राइभिङ अनुभवहरू प्रदान गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।

नेपालमा सिट्रोन गाडीहरूको निरन्तर विस्तारमा यो नयाँ भेरियन्टले सिट्रोन गाडीहरूमा पाइने उत्कृष्ट आराम र दक्षतालाई निरन्तरता दिनेछ । सिट्रोनको अफिसियल वेबसाइट तथा शोरूममा गई थप जानकारी लिन सक्ने छन् । सिट्रोनसँग आराम र नवीनताको उत्कृष्ट अनुभव लिन सक्ने छन् ।

सिट्रोन एक प्रसिद्ध फ्रान्सेली अटोमोटिभ ब्रान्ड हो जसको लेगेसी १०३ वर्ष भन्दा लामो रहेको छ । अटोमोटिभ उद्योगमा सिट्रोनले नवीनता, डिजाइनमा उत्कृष्टता र इन्जिनीयरिङ क्षमताको प्रतीकको रूपमा स्थापित गरेको छ ।

फ्रान्समा स्थापित सिट्रोनले भारतमा निर्माण कार्यहरूसहित आफ्नो विश्वव्यापी उपस्थिति विस्तार गरिरहेको छ । १९१९ देखि, सिट्रोनले सामाजिक परिवर्तनहरू रूपान्तरण गर्न सवारी साधन, प्रविधि र यातायात समाधानहरू विकास गरेको छ ।

ग्राहक अनुभवलाई प्राथमिकता दिँदै आइरहेको सिट्रोनले शहरी क्षेत्रका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोबिलिटीका साथै एसयूभी सेडान र इलेक्ट्रिक तथा प्लगइन हाइब्रिड पावरट्रेनहरू भएका व्यावसायिक सवारी साधनहरूसहित विभिन्न मोडेलहरू सार्वजनिक गरेको छ ।

व्यक्तिगत तथा व्यावसायिक ग्राहकहरूको प्रयोजनलाई ध्यानमा राखी बनाइएको अग्रणी ब्रान्ड, सिट्रोन १०१ देशहरूमा अवस्थित छ र विश्वव्यापी रूपमा ६ हजार २०० बिक्री र सेवाहरूको नेटवर्क रहेको कम्पनीले जनाएको छ ।

gold
himalayan life insurance long ad