citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
nabil bank

टोयोटा यारिसको नयाँ संस्करण क्रस हाइब्रिड अब नेपाली बजारमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । जापानी अटोमोबाइल निर्माता टोयोटाले निर्माण गरेको टोयोटा यारिस क्रस हाइब्रिड कार नेपाली बजारमा सार्वजनिक गरिएको छ ।

आधिकारिक बिक्रेता वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्स सिन्डिकेटका प्रतिनिधिले उक्त मिनी हाइब्रिड एसयुभी शुक्रबार राती बजारमा सार्वजनिक गरेका हुन् ।

यारिसको पुरानो मोडललाई अपडेट गरिएको यारिस क्रस हाइब्रिडमा धेरै सुविधा थपिएका छन् । आधुनिक सेफ्टी फिचर र पावरफुल हाइब्रिड इन्जिन विकल्प उपलब्ध हुनेछ ।

यस्तै,अटोमेटीक हाइबीम सहितको हेडलाइट, एलइडी डीआरएल, एलइडी फग लाइट र कनेक्टेड एलइडी टेललाइट उपलब्ध छ। पहिलो पटक कम्पनीले यो मोडलमा मल्टी कलर एम्बियन्ट लाइट दिएको बिक्रेताले जनाएको छ ।

यारिस क्रस एसयुभी पहिलेभन्दा बढी पावरफुल बनाइएको तथा कारमा नयाँ क्यामेरा र राम्रो राडार स्क्यानिङ रहेको छ ।

यो कारमा प्रि९कोलिजन सिस्टम, अपडेटेड एडाष्टिभ कुज कन्ट्रोल, एक्सेलेरेसन सप्रेसन, सेफ एक्जिट असिस्ट र रियर सिट रिमाइन्डर सिस्टम एडीएएस जस्ता उत्कृष्ट सुरक्षा सुविधाहरू रहेका छन् ।

२०२४ टोयोटा यारिस क्रस हाइब्रिड १३० मा १.५ लिटर एनए पेट्रोल इन्जिन र थप पावरफुल एलेक्ट्रिक मोटरको प्रयोग गरिएकाले १३० हर्स पावर र १८५ एनएमएको पीक टर्क जेनेरेट दगर्न सक्ने बताइएको छ ।

जसमा यारिस क्रसको लम्बाई ४३१० एमएम, चौडाई १७७० एमएम र उचाइ १६१५ एमएम छ। यसमा २६२० एमएम लामो ह्वीलवेस र १८ इन्च को टायर पाउन सकिन्छ।

यसको डिस्प्लेसमेन्ट १५०० सीसी, चार सिलिण्डर ड्यूल भीभीटी–आई इन्जिन रहेको छ भने ग्राउन्ड क्लियारेन्स भने २१० मिमी रहेको छ । यसको ब्याट्री प्रकार लिथियम–आयोन हो भने यो मोडलमा प्यानोरेमिक ग्लास रूफ, १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ७ इन्चको मल्टी इन्फर्मेशन डिस्प्ले, ६ स्पीकर, र प्यानोरेमिक ३६० डिग्री क्यामेरा साथै, इलेक्ट्रिक पार्किङ ब्रेक, अटो होल्ड जस्ता विशेषता पाउन सकिनेछ ।

यस्तै, सुरक्षाका लागि यो एसयूभीमा ६ एयरव्याग, भेहिकल स्टेबिलीटी कन्ट्रोल, एन्टी(लक ब्रेकिङ सिस्टम, इमरजिनसि स्टप सिग्नल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, रिभर्स क्यामेरा, फ्रन्ट र रियर दुवै साइडमा पार्किङ सेन्सर, जस्ता आधुनिक फिचर रहेको छ। यसको आधिकारिक मूल्य नेपाली बजारमा मूल्य १ करोड २२ लाख रहेको छ।

gold
kumari bank